मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

आइतबार, फाल्गुन १८ २०८१

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउने लगायतका एजेन्डामा छलफल हुनेछन् ।

सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेस कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

सरकारले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महशुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ ।

सरकारमै रहेका दलहरुले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।

यसअघि हिजो बसेको सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भूमिसम्बन्धी अध्यादेशबारे पुनः जनता समाजवादी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी सँग छलफल गर्ने निर्णय गरेको छ ।

जसपाले भूमि अध्यादेश फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ।