बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

परराष्ट्रमन्त्री राणा चढेको जहाज कोलकाता डाइभर्ट

शुक्रबार, फाल्गुन १६ २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ ।

विमानस्थल स्रोतका अनुसार दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको उडान नम्बर क्यूटिआर-५५२ को विमान कलकत्ता पठाईएको छ । स्थानीय समयअनुसार बिहान साढे ३ बजे दोहाबाट उडेको विमान साढे १० बजे अवतरण गर्नुपर्ने थियो । सो जहाजमा परराष्ट्रमन्त्री आरजु राणा रहेको बताइएको छ ।

जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कदै थिइन् ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावको कारण आज बिहान काठमाडौं उपत्यकामा हल्का पानी परेको थियो ।