काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालयबाट विभिन्न विषयको लागि खुलाईएको छात्रवृत्तिको लागि आवेदन दिनेहरुको संख्या नै नपुगेको भन्दै आवेदन दिन आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले फेसबुकमार्फत खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटोभन्दा छिटो आवेदन दिन भनेका छन् ।
अन्डर ग्राजुएट एमबीबीएस १ जना, पोस्ट ग्राजुएट इन्जिनियरिङमा ७ जना, एग्रीकल्चरमा ३ जना, पीएचडी इन्जिनियरिङमा १ जना, भेटेरिनरीमा १ जना, आइटीमा ४ जना, मेडिकल साइन्समा २ जना र कन्जरभेसन १ जनाको सिटमा खाली रहेको छ ।
‘खाली रहेका सिटमा छात्रवृत्तिको लागि छिटो भन्दा छिटो (एकदुई दिनभित्रै) आवेदन दिनुहोला,’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् ।