मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते

मंगलबार, फाल्गुन १३ २०८१

बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

सोमबार साँझ ६ बजे बागलुङको बडीगाड गाउँपालिका-९ दर्लिङस्थित भित्री सडकखण्डमा लु ३ च ५५६९ नं. को पिकअप भ्यान उकोलोमा ब्रेक फेल भई दुर्घनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर-७ चोलाङका ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका वडा नम्बर ५ नाथुरेका ३५ वर्षीय जुना कँडेल रहेका छन् ।

यस्तै जीप दुर्घटनाबाट घाइते हुनेमा बागलुङको बडिगाड गाउँपालिका-९ का ६३ वर्षीया तेज कुमारी बुढा, बडिगाड-९ खहरे बस्‍ने ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यम कुमारी पौडेल, बडिगाड-९ खहरेका ३० वर्षीया सिता पौडेल र बडिगाड-९ खहरेका हिमाल घर्ती मगर (चालक) छन् ।