काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आव्हान गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको हो।
मन्त्रिपरिषद् बैठक आह्नवान भएसँगै आजको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सम्भावना रहेको उच्च स्रोतको दाबी छ ।
अघिल्लो कार्यकालमै एमाले अध्यक्ष ओलीसँग सम्बन्ध चिसिएका कुलमानको पछिल्लो समय ऊर्जामन्त्री दीपक खड्कासँगको सम्बन्ध पनि राम्रो छैन ।
उर्जामन्त्री खड्काले केही दिन अघि संसदमै कुलमानले सरकारको निर्देशन नमानेको र प्रचारबाजीमा उत्रने गरेको बताएका थिए ।
घिसिङलाई हटाउनको लागि प्रधानमन्त्री ओली सत्ता साझेदार दल नेपाली कांग्रेसको नेतृत्वसँग सहमति लिइसकेको बुझिएको छ । यता प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकार षड्यन्त्रपूर्वक कुलमान हटाउन खाेजेकाे बताउँदै आएको छ ।
कांग्रेस–एमालेको संयुक्त सरकार बनेदेखि उनलाई हटाउने सरकारको तयारी छ । अघिल्लो हप्ता संसद्मै उर्जामन्त्री खड्काले कुलमानले सरकारलाई नटेरको भन्दै हटाउन सकिनेसम्मको अभिव्यक्ति दिएका थिए।