मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

एमसीसी रोकिएपछि खुशी हुँदै विप्लवले दिए ट्रम्पलाई धन्यवाद !

आइतबार, फाल्गुन ११ २०८१

काठमाडौं। अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एमसीसी परियोजना रोकेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) खुसी देखिएका छन्।

आइतबार एक विज्ञप्ति जारी गर्दै विप्लवले एमसीसी परियोजना रोकेकाेमा खुशी व्यक्त गरेका हुन् ।

यस्तै विप्लवले एमसीसी कम्प्याक्टलाई सधैंका लागि खारेज गरी नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजनामार्फत सहयोग अगाडि बढाउन आग्रह समेत ट्रम्पसँग गरेका छन्।

विप्लवले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिदै एमसीसीको स्थगनले नेपाली समाजमा सकारात्मक प्रभाव परेको बताएका छन्।

उनले भनेका छन्, ‘एमसीसी कम्प्याक्टको तयारी र त्यसको कार्यन्वयनको समयदेखि नै आम नेपाली जनताले एमसीसी कम्प्याक्ट देशको राष्ट्रिय स्वाधिनता र आफ्नो राजनीनिक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै सुरुकै दिनबाट अनवरत संघर्ष संचालन गर्दै आइरहेका छन्‌ । डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ । यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ।’