मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

पाथीभरा केबलकार विवाद : स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

आइतबार, फाल्गुन ११ २०८१

विराटनगर । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा सुरु भएको आन्दोलन जारी भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

आज बिहान ५ बजेबाट लागू हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले  फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

निषेधाज्ञा जारी भएका स्थानमा ५ जना भन्दा बढी भेला हुन पाइने छैन । निषेधाज्ञा जारी भएको स्थानमा जुलुस धर्ना र सभा समेत गर्न रोक लगाइएको छ ।

नो केबलकार पक्षको पदयात्राका क्रममा शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको थियो ।  केही दिन यता ताप्लेजुसंगमा नो केबलकार पक्षले केबलकार निर्माणको विरोधमा आन्दोलन गर्दै आएको छ।