उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत रुपमा सहभागी नहुने भएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले जनाएको छ ।
रास्वपाका अनुसार चरित्र स्वतन्त्र भएको र शैक्षिक हितको लागि काम गरीरहेको विद्यार्थी उम्मेदवारलाई रास्वपाले सहयोग गर्ने जनाएको छ।
यसअघि नै रास्वपाले विद्यार्थी संगठन नबनाउने नीति लिएको थियो । सोहि अनुसार स्ववियुमा उम्मेदवारी नदिने भएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा ५ चैतमा स्ववियु निर्वाचन हुन लागेको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका विद्यार्थी संगठनका नेताहरू स्ववियुको तयारीका लागि जुटिसकेका छन् ।