बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेको तेमालमा दुर्घटना, एक जनाको मृत्यु

बिहिबार, फाल्गुन ८ २०८१

काभ्रेपलाञ्चोक । जन्ती पुर्‍याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।