मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

प्रधानमन्त्री ओलीविरुद्ध भीम रावलका १५ बुँदे टिप्पणी : आलोचना गर्नेमाथि कारबाहीको डण्डा चलाएको आरोप

मंगलबार, फाल्गुन ६ २०८१

काठमाडौँ । मातृभूमि जागरण अभियानका प्रस्तावक डा भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कामहरूले उनी जनताप्रति जिम्मेवार नभएको प्रस्ट हुने जिकिर गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न १५ बुँदामा प्रधानमन्त्री ओलीले गरेका काम उल्लेख गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरूलाई कारबाही गर्नु त टाढाको कुरा स्पष्टीकरणसम्म पनि नसोध्ने, उल्टै राज्य र पार्टीका महत्वपूर्ण पद र अवसर दिने काम गरेको उल्लेख गरेका छन् ।

रावलले पार्टीका घोषित सिद्धान्त, नीति र कार्यक्रम विपरीत वा अमिल्दा काम र कुरा गरिनु हुन्न भन्ने आशयका साथ आलोचना र टिप्पणी गर्ने तथा राष्ट्रिय हितमा आवाज उठाउनेलाई कारबाही डण्डा चलाउने काम गरेको बताएका छन् ।

रावलले प्रधानमन्त्री ओलीलाई भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याउने र त्यस्तो अध्यादेशमा सांसदहरूलाई यथोचित छलफल गर्न रोन्ने दुराशयले सङ्क्षिप्त प्रक्रियाद्वारा अध्यादेश पारित गर्ने मन्त्रिपरिषदबाट निर्णय गर्ने काम जनविरोधी भएको दाबी गरेका छन् ।

यस्तै, नेपालको संविधानद्वारा प्रदत्त लेख्ने, बोल्ने र सभा, सङ्गठन गर्न पाउने कुरालाई कुण्ठित गर्ने मनसायले कानून ल्याउने तर राष्ट्रिय एकता, सामाजिक सद्भाव र शिष्टता विपरीतका खुला गतिविधिप्रति आँखा चिम्लिने गरेको रावलको भनाइ छ ।

यस्तो छ १५ बुँदे टिप्पणी