मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

प्रतिनिधि सभाको बैठक सुरू, आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

आइतबार, फाल्गुन ४ २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट कार्यभार थपसबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने कार्यसूचीमा छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नका जवाफ दिने कार्यक्रम रहेको छ ।

गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने बन तथा बातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संसोधनमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा छ ।