झापा । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरीक्षक धनराज खतिवडा कार्यालय परिसर भित्रै मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालयको तीनतले भवनको तेस्रो तलामा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरी निरीक्षक विजय चौहानले बताए ।
सो तल्लामा राखिएको पानीट्याङ्कीमा जान लगाइएको फलामको भर्याङमा झुन्डिएको अवस्थामा खतिवडा मृत फेला परेको निमित्त सूचना अधिकारीसमेत रहेका चौहानले जानकारी दिए ।
स्थायी घर भोजपुर ट्याम्केमैयुङ गाउँपालिका- ४ का ४९ वर्षीय खतिवडा मोरङको कानेपोखरी गाउँपालिका – ७ बस्दै आएको झापा प्रहरी जनाएको छ ।
घटनाको जानकारी आफन्तलाई गराएर कानुनी प्रक्रियासँगै थप अनुसन्धान भइरहेको जनाइएको छ ।