मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

जलेर एक जनाको मृत्यु

बुधबार, माघ ३० २०८१

गुल्मी । गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धको मृत्यु भएको छ। धुर्कोट गाउँपालिका वडा नम्बर–७ वाग्लाका ८० वर्षीय ईन्द्रलाल गिरीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

मङ्गलबार राती करिब ९ः३० बजेको समयमा आफ्नै घरमा आगो ताप्ने क्रममा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले जानकारी दिए ।

आगो ताप्ने क्रममा उनको मृत्युु भएको निजका भाई टेकराज गिरीले प्रहरीलाई जानकारी गराउनासाथ प्रहरी चौकी धुर्कोट बस्तुबाट प्रहरी सहायक निरीक्षक तिलक नेपालीको कमाण्डमा तीन जनाको टोली खटी घटनास्थल सुरक्षित गरी राखिएको छ।