बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज तीन संसदीय समितिको बैठक बस्दै

मंगलबार, माघ २९ २०८१

काठमाडौं  । संघीय संसदअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।

संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुँदै छ ।

बिहान ११ बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सिमेन्ट लगायतका निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।