मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

सल्यानमा महोत्सवमा भीषण आगलागी, ८० स्टल जले

आइतबार, माघ २७ २०८१

सल्यान । सल्यानमा महोत्सवमा भीषण आगलागी भएको छ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना भइरहेको दोस्रो बृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको हो।

आठ दिनदेखि जारी महोत्सवमा आगलागी हुँदा करोडौं मूल्य बराबरको सामान जलेर नस्ट भएको छ। महोत्सवमा राखिएका १३५ स्टल मध्ये ८० स्टलमा आगलागी भएको छ ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाका अनुसार १८ गतेबाट जारी महोत्सवमा हिजो ८औं दिन राति आगलागी भएको हो । गएराति ११ बजे स्टलमा आगलागी भएको हो । आगलागीबाट ८ करोड बढिको क्षति भएको अनुमान गरिएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा राति नै आगो नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिए ।

आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।