बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

५४ लाख बराबरको बैंक ग्यारेन्टी बुझाएर हिरासतमुक्त भए रवि लामिछाने

मुलुकको परिवर्तन गरेरै छोड्ने संकल्प

शुक्रबार, माघ २५ २०८१

चितवन । ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला प्रहरीको हिरासतबाट मुक्त भएका छन् ।

जिल्ला अदालत चितवनले मागेको ५४ लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएर उनी विहीबार नै रिहा भएका हुन् ।

धरौटीमा रिहा भएसँगै अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मुलुकको परिवर्तन गरेरै छोड्ने संकल्पसहित आफू अघि बढेको बताए ।

उनले चितवन देवभूमि भएकाले चितवनवासीहरु पनि देतता जस्तै रहेको बताए । उनले चितवनवासीले आफ्नो न्यायका लागि साथ दिएको भन्दै चितवनले परिवर्तन जन्माउन खोजेको कुरालाई देशभर नै परिवर्तन गरेर देखाउने बताए । उनले जालझेल पूर्ण ढंगले आफ्नो सांसद पदलाई निलम्वन गरिएकोप्रति आपत्तिसमेत जनाए ।

उनले परिवर्तनको लडाईं अझै बाँकी रहेको बताए ।

साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई  ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियो ।

चितवनमा रहेको साहारा सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार आफैँ अदालत उपस्थित भएका थिए । दुई दिनभ एको थुनछेक बहसपछि उनलाई न्यायाधीश ढकालको इजलासले ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ ।