मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

ग्याँस सिलिन्डर विष्फोटका घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर

बिहिबार, माघ २४ २०८१

काठमाडौं । कमलपोखरीस्थित सानदार मोमो पसलमा आज बिहान ग्याँस सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् । घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।