मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

रौतहटमा सरस्वतीको मूर्ति सेलाउँदा डुबेर बेपत्ता युवकको शव फेला

बुधबार, माघ २३ २०८१

काठमाडौं । रौतहटको राजदेवी नगरपालिका–६ बाग्मती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

२२ वर्षका सुरज यादव हिजो बेलुका नदीमा डुबेर बेपत्ता भएका थिए ।

मूर्ति सेलाएको ठाउँबाट एक सय मिटर दक्षिण बाग्मती नदीमा डुबेको अवस्थामा उनको शव आज बिहान फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिए ।