शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

त्रिकोणात्मक महिला क्रिकेट : आज नेपाल र थाइल्याण्ड भिड्दै

मंगलबार, माघ २२ २०८१

काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० श्रृंखलाको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डको सामना गर्दैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह सवा १२ बजे शुरु हुनेछ ।

यसअघि नेपालले नेदरल्याण्ड्ससँग २० र १५ रन तथा थाइल्याण्डसँग चार विकेटको हार व्यहोरेको थियो ।

नेपाल आज जित्नैपर्ने दबाबसहित मैदान उत्रिनेछ ।

लगातार तीन हार बेहोरेको नेपाल यस खेलमा पराजित भएमा शृंखला जित्ने होडबाट बाहिरिनेछ । हारले मात्र नेपाल दुई खेल बाँकी रहँदै उपाधि यात्राबाट बाहिरिनेछ । थाइल्याण्ड विजयी भए उपाधि नजिक पुग्नेछ ।

तीन देश सहभागी प्रतियोगितामा एकअर्कासँग समान तीन खेल खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।