काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३७ प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन गरेको छ ।
हिजो माघ २० गते गृह मन्त्रालय (सचिवस्तर)को निर्णयानुसार प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट एसपीमा बढुवा भएकाहरूको सोमबार पदस्थापन गरिएको हो ।
बढुवा भएका एसपीहरूलाई प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले आइतबारै दर्ज्यानी चिह्न लगाइ दिएका थिए । यसअन्तर्गत एक नम्बरमा बढुवा भएका कुलदीप चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पदस्थापन गरिएको छ ।
चन्दलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिए पनि काजमा जिल्ला प्रहरी परिसर काठमाडौं पदस्थापन गरिएको हो।
यस्तै, एसपी सुमित खड्कालाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ ।




