मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

सोमबार, माघ २१ २०८१

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आज टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन्।

खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नम्बरको टिपरले ग १८ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। दुर्घटनामा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–३२ लेखनाथकी ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

दुर्घटनामा स्कुटर चालक दीपेशकुमार क्षेत्री घाइते भएका छन्। उनी मृतक अप्सराका छोरा हुन्। उनको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ।

टिपरले प्रदेश ०१–०२२ च ६७७८ नम्बरको कारलाई समेत ठक्कर दिएको छ। घटनापश्चात् फरार रहेका टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।