बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यु–१९ महिला विश्वकप क्रिकेट : नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य

सोमबार, माघ ७ २०८१

काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले स्कटल्यान्डलाई ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ ओभर ५ बलमा ७३ मात्र बनाउन सक्यो ।
नेपालकी कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । ४३ बल खेलेकी उनले ३ चौका प्रहार गरिन् । सावित्री धामीले १० रन जोड्दा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा स्कटल्यान्डकी माइसी मसेराले सर्वाधिक ५ विकेट लिइन् ।
पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।
   नेपाल र स्कटल्यान्डले हालसम्म एक एक खेल खेलेका छन् । दुवै टोली आज पहिलो जितको खोजीमा छन् ।