बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पूर्व राजपरिसद स्थायी समिति सदस्य गणेश बज्र लामाको निधन

शुक्रबार, माघ ४ २०८१

काठमाडौं । पूर्व राजपरिसद स्थायी समिति सदस्य सम्माननीय गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको पूर्व प्रमुख धर्मगुरु चिनिया लामा समेत रहेका उनको विहिवार चावहिल स्थित ओम अस्पतालमा दिनको १२ः३० बजे उपचारको क्रममा निधन भएको हो । उनको ९० वर्षको उमेरमा निधन भएको परिवारीक श्रोतले बताएको छ। बौद्धको प्रमुख धर्मगुरु रही समाजसेवीको रुपमा स्थापित धर्मगुरु लामा राजाको शासन कालामा बौद्धको प्रमुख धर्मगुरुको पदमा रहेकै अवस्थामा उनलाई राजपरिसद स्थायी समिति सदस्यमा नियुक्त गरिएको थियो ।

एक दर्जन भन्दा बढी भाषाको ज्ञाता रहनु भएका उहाँले राजपरिषद स्थायी समितिमा रहेको वेला मुलुकको हित र तत्कालिन शासन संञ्चालनमा ठूलो योगदान पुर्याउनु भएको थियो । नेपाल चीन सम्बन्ध विस्तार र कुटनीति सम्बन्ध विस्तारमा समेत उनले योगदान दिनु भएको पूर्व राजनीतिक कर्मीहरुको भनाई छ । उनले बौद्ध क्षेत्रको विकासमा समेत विशेष योगदान पुर्याएको स्थानीयको भनाई छ । हाल काठमाडौं महानगरपालिका वडा नं.६ को वडा कार्यालय तथा प्रहरी बृत बौद्धको तत्कालिन प्रहरी चौकी समेत उहाँकै पहलमा स्थापना भएको थियो ।

उनले बौद्ध क्षेत्रमा विद्यालय स्थाप्ना, गर्ने देखि विभिन्न देशका विदेशी कुटनीतिज्ञयहरुलाई समेत बौद्धमा स्वागत गर्ने परम्परा रहेको थियो । परापूर्वकाल देखि बौद्ध स्तुपामा चिनिया धर्मगूरु बौद्ध स्तुपाको प्रमुख धर्मगुरु रहने परम्परा रहेको छ । बौद्ध धर्म दर्शन प्रचार र अध्ययनमा समेत उहाँको उल्लेख्य योगदान रहेको बौद्ध तथा मेलम्ची ध्याङ गुठीका लामाहरुको भनाई छ ।