बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

दक्षिण कोरियाली राष्ट्रपतिको प्रतिक्रिया : ‘रक्तपात’ छल्नका लागि आफू पक्राउ हुन तयार भएँ

बुधबार, माघ २ २०८१

काठमाडौं । महाभियोगको सामना गरिरहेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योल पक्राउ परेका छन् ।

आज पक्राउ परेका उनले आफूविरुद्धको अनुसन्धान गैरकानुनी भएको बताएका छन् ।

स्थानीय समय अनुसार बिहान १० बजेर ३३ मिनेट जाँदा उनलाई पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन्।

निलम्बित राष्ट्रपति यउलका तर्फबाट जारी एक विज्ञप्तिमा उनले ‘रक्तपात’ छल्नका लागि आफू पक्राउ हुन तयार भएको जनाए तापनि त्यसको अर्थ आफू अनुसन्धानका लागि सहमत भएको भन्ने नरहेको जनाइएको छ।

एक संक्षिप्त भिडिओमार्फत् उनले उक्त अनुसन्धानलाई ुगैरकानुनीु बताउँदै देशमा कानुनीराज टुटेको बताएका छन्।

उनले आफूबारे अनुसन्धान गर्ने र पक्राउ पुर्जी जारी गर्ने अदालतसँग त्यस्तो अधिकार नरहेको बताए।

पक्राउ प्रयास जारी रहँदा सरकारी निवासबाहिर उनको पक्ष र विपक्षमा नाराबाजी भएको संचार माध्यमले जनाएका छन् ।

एक भिडियो विज्ञप्तिमा, पक्राउ परेका राष्ट्रपति युनले आफू भ्रष्टाचार अनुसन्धान कार्यालयमा उपस्थित हुन सहमत भएको बताएका छन् ।

“अवैध अनुसन्धान भए पनि मैले सीआईओसमक्ष हाजिर हुने निर्णय गरेको छु । रक्तपात नहोस् भनेर यो निर्णय लिएको छु,” उनले भने, “यद्यपि, यसको मतलब यो होइन म यो अनुसन्धानलाई सही मान्छु ।”

तीन मिनेटको भिडियो सन्देशमा, युनले अनुसन्धान एजेन्सी र पक्राउ पुर्जी जारी गर्ने अदालतसँग त्यस्तो अधिकार नभएको बताएका छन् । बीबीसी