बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

समाजवादी मोर्चाको बैठक अघि सिंहदरबारमा जुटे विपक्षी दल

बुधबार, माघ २ २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बोलाएको विपक्षी दलहरूको बैठक सिंहदरवारमा जारी छ ।

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सम्युक्त बैठकमा  समयसामयिक राजनीतिक विषय र अबको रणनीतिका विषयमा छलफल हुने जनाइएको छ।

बिहान ९ बजेबाट सुरु भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी छन् ।

आजै दिउँसो २ बजे समाजवादी मोर्चाको बैठक बस्ने भएको छ । सो बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

हिजोमात्र मधेश केन्द्रित दलहरुको बैठक पनि बसेको थियो । उक्त बैठकले संविधान संशोधनमा साझा धारणा बनाएर अघि बढ्ने सहमति समेत गरेको थियो ।