शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

आजबाट दिव्य कलेजको ‘खेलकुद सप्ताह’

बुधबार, माघ २ २०८१

काठमाडौं । काठमाडौंको तिनकुनेस्थित दिव्य कलेजमा ‘खेलकुद सप्ताह’को पहिलो संस्करण सुरु हुने भएको छ।

कलेजको आयोजनामा हुने खेलकुद सप्ताह आजबाट माघ ५ गतेसम्म संचालन हुनेछ ।

जसमा आन्तरिक र बाह्य खेलकुद अन्तर्गत टेबलटेनिस, ब्याडमिन्टन, चेस, क्यारेरम्बोर्ड, टग अफ वार, फिफा , बास्केटबल, भलिबल, फुटसल र क्रिकेट खेल हुँदैछन् ।

कलेज स्थापनाको पहिलो वर्षमै पाँच सय बिद्यार्थीलाई अध्यापन गराउँदै आएको यस कलेजले विद्यार्थीको पढाइसंगै अतिरिक्त क्रियाकलाप गर्ने भएको हो ।

यस कलेजले विद्यार्थीको बौद्धिक, शारीरिक तथा मानसिक विकासका लागि वार्षिक रुपमा खेलकुद सप्ताह मनाउने तालिका बनाएको छ।

केहि खेलका फाइनल खेलहरु समय मिलाएर अन्य दिन पनि हुनसक्ने कलेज खेलकुद व्यवस्थापन कमिटीले जनाएको छ।