काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ परेका छन् ।
राष्ट्रपति पदमै रहेका बेला पक्राउ पर्ने युन पहिलो व्यक्ति हुन् । उनीमाथि विद्रोह र भ्रष्टाचार आरोपमा अनुसन्धान भइरहेको छ ।
गत ३ डिसेम्बरमा राष्ट्रपति योलले मार्शल ल घोषणा गरेका थिए । तर विपक्षी दललगायतको विरोधमा उनले आफ्नो निर्णय ६ घण्टामै फिर्ता लिएका थिए । यो घटनापछि १४ डिसेम्बरको दिन उनीविरुद्ध संसदबाट महाअभियोग प्रस्ताव पास भएको थियो । त्यसयता उनी पदबाट निलम्बित अवस्थामा छन् ।