बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भारतलाई हराउँदै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा

आइतबार, पुष २१ २०८१

काठमाडौं । भारतविरुद्धको सिरिज ३-१ ले जित्दै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।

सिड्नीमा खेलिएको अन्तिम टेस्ट खेल मात्र तीन दिनमा सकियो। यस जितसँगै अस्ट्रेलियाले भारतलाई शृङ्खलामा ३-१ ले पराजित गर्‍यो।

तेस्रो दिन ब्याटिङ गर्न उत्रिएको भारतीय टोली एक घण्टाभन्दा बढी टिक्न सकेन र बिहान ६ बजे (भारतीय समयअनुसार) अघि नै अलआउट भयो।

अन्तिम टेस्टको पहिलो इनिङ्समा दुवै टोली करिब बराबरीमा थिए।

विश्व टेस्ट च्याम्पियनसीप २०२३-२५ को फाइनल इंग्ल्याण्डको लर्ड्समा आउँदो जुनमा हुनेछ ।