मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

शनिबार, पुष २० २०८१

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ ।

३३ वर्षीय पुडासैनीको शुक्रबार राति अकस्मात निधन भएको हो । नुवाकोट स्थायी घर भएका पुडासैनी नेपाल भ्युज अनलाइनमा कार्यरत थिए ।

त्यसअघि हिमालय टाइम्स राष्ट्रिय दैनिक, माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायत मिडियामा काम गरिसकेका थिए । हाल उनी नेपालभ्युजका उपसम्पादक थिए ।

शुक्रबार राति ११ बजेतिर सरस्वतीनगरस्थित निवासमा अकस्मात ढलेपछि उनलाई चाहबिलस्थित हेल्पिङह्यान्ड अस्पतालमा लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।