काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले एसएसपीहरु ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियालाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुने पाँचै जना एसएसपीहरु २०५४ चैत १८ मा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जाबाट सेवा प्रवेश गरेका हुन् । बढुवाको पहिलो नम्बरमा कार्की छन् ।
