मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

एमाले सचिवालय बैठक बस्दै

बिहिबार, पुष १८ २०८१

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको सचिवालय आज बैठक बस्दैछ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी कार्यालय च्यासलमा आज दिउँसो साढे १२ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको छ ।

बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

एमालेले यही पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकको एजेण्डासहित राष्ट्रिय राजनीति र पार्टी अनुशासनको बिषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।