काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्वउपप्रधानमन्त्री भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् ।
आज आफ्ना भावी योजनाबारे जानकारी दिन उनले पत्रकार सम्मेलन गर्नेभएका हुन् । रावलले बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका छन् ।
परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे पत्रकार सम्मेलनमा जानकारी दिने रावलले बताएका छन् ।
एमालेले पार्टीबाट निष्कासित भएपछि उनले आज पहिलो पटक आधिकारिक रूपमा आफ्नो धारणा राख्ने भएका हुन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो ।