मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

बसको ठक्करबाट ड्यूटीमा रहेका प्रहरी इन्सपेक्टरको मृत्यु

बुधबार, पुष १७ २०८१

सर्लाही । सर्लाहीको बलरा नगरपालिका– ९ स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) छतौनामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) विजय कुमार तुलाधरको बसको ठक्करबाट मृत्यु भएको छ।

गए राति करिब ९ः१५ बजे बाप्र०१–००६ ख २००४ नम्बरको बसले ड्युटीमा रहेका तुलाधरलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल पुर्याइएको थियो ।
तर, राति १०ः०५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका छ्न् ।

दुर्घटनापछि बस चालक र सहचालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ। बस घटना स्थलमै राखिएको छ।

प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ ।