विराटनगर । घाँसदाउरा लिन जंगल गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । मृत ६० वर्षीया महिला चन्द्रकला लिम्बु रहेको प्रहरीले जनाएको छ ।
मोरङको सुन्दरहरैंचा वडा नम्बर–५ की उनको शव जंगलमा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चन्द्रकला सोमबार साँझ घाँसदाउरा लिन जंगल गएकी थिइन् । बेलुकासम्म पनि घर नफर्किएपछि खोज्न गएका स्थानीयले मंगलबार बिहान ६ बजेतिर चन्द्रकलालाई मृत फेला पारेका थिए ।
उनलाई जंगली हात्तीले आक्रमण गरेर मारेको हुनसक्ने अनुमान छ।
यद्यपि प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।