बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला आज मौसम ?

मंगलबार, पुष १६ २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। बाँकी क्षेत्रको मौसम भने सफा रहेको छ।

महाशाखाका अनुसार अहिले नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी प्रदेशका केही स्थानमा मौसम बदली हुनेछ भने अन्य क्षेत्रको मौसम सफा रहनेछ। आगामी २४ घन्टामा बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

हुस्सु र कुहिरोले दैनिक जनजीवन, पर्यटन, सडक यातायात तथा हवाई क्षेत्रमा असर पर्ने भन्दै मशाखाकाले सचेत रहन अनुरोध गरेको छ।