मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

दक्षिण कोरियामा विमान दुर्घटना : मृतकको संख्या ८५ पुग्यो, दुई जनाको जीवितै उद्धार

आइतबार, पुष १४ २०८१

सोल । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको छ । ती मध्ये ४६ महिला र ३९ पुरुष रहेका छन् ।

समाचार संस्थाका अनुसार दुई जनाको भने जीवितै उद्धार गरिएको छ । ती दुवैजना चालक दलका सदस्य भएकाे समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

१८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण-पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आइतबार विहान दुर्घटनामा परेको हो ।

१ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेको बोइङ ७३७-८०० विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको हो । विमानमा १ सय ७३ कोरियाली र २ जना थाई नागरिक थिए । आपत्‍कालिन सेवाका अधिकारीहरूले उद्धार कार्य जारी रहेको जनाएका छन् ।

विमान दुर्घटनाको कारण चरासँग ठोकिएपछि ल्यान्डिङ गियरमा समस्या भएको आशंका गरिएको छ ।