मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

भरत जंगमलाई ५ दिन हिरासतमा राख्न म्याद

सोमबार, पुष ८ २०८१

काठमाडौँ । साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका भरत जंगमलाई अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सहकारीको निक्षेप अपचलन आरोपमा साई स्वागतका कोषाध्यक्ष लुमन दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु दुवैजनालाई बिजुली बजारबाट पक्राउ गरेर सोमबार अदालतबाट म्याद लिइएको हो ।

अदालतले दाहाललाई पनि ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

भ्रष्टाचार विरोधी अभियानका अभियान्ता जंगम आफैँ प्रहरीको छानविनमा परेका छन् ।

जंगम सो सहकारीको पूर्वअध्यक्ष हुन् । सुरुमा काठमाडौँ–१० मा कार्यालय रहेको सो सहकारीको कार्यालय हाल बाँसबारीमा सारिएको छ ।

सो सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पन्ती निकिता पौडेल पनि जोडिएकी छन् ।

निकिता सो सहकारीको पूर्व उपाध्यक्ष हुन् ।