बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

जर्मनीबाट भारतको नयाँ दिल्ली पुगिन् परराष्ट्रमन्त्री राणा

शुक्रबार, पुष ५ २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार भारतको नयाँ दिल्ली पुगेकी छन् । उनी युरोपका केही कार्यक्रममा सहभागी भई बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ लागेकी हुन् ।

उनले शुक्रबार नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने जानकारी परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

केही दिन भारतमा रहने राणाले समकक्षी एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने सम्भावित कार्यसूची रहेको बुझिएको छ ।

त्यसपछि मन्त्री डा राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउने छिन् ।

उनी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।