बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

मन्त्रिपरिषदको बैठक बस्दै, नियमित एजेण्डामा छलफल हुँदै

शुक्रबार, पुष ५ २०८१

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ ।

हिजो बस्ने तय भए पनि स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बोलाइएको हो ।

मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल गर्ने तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो बस्ने तय भएको बैठक स्थगित गरिएको थियो ।

प्रधानमन्त्री ओलीको विहीबार त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गरिएको थियो ।