शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्दै जनकपुर बोल्ट्स

बुधबार, पुष ३ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

अनिल कुमार शाह घाइते भएसँगै जनकपुरको कप्तानी मार्की प्लेयर आशिफ शेखले गर्नेछन् ।

यो खेलमा जित निकाल्ने टोली फाइनल प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग खेल्नेछ ।

आज भएको इलिमिनेटर भिडन्तमा कर्णाली याक्सले चितवन राइनोजलाई २१ रनले पराजित गरेको थियो ।