काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
टस जितेर चितवनले पहिला ब्याटिङको निम्तो दिएपछि कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको चितवनले ९ विकेटमा १५४ रन मात्र बनायो ।
कर्णालीको जितमा नन्दन यादवले एकै ओभरमा रवि बोरापा र अमर रौटेलाको विकेट लिए ।
चितवनका बोपाराले ३४ बलमा ५३ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । कप्तान कुशल मल्लले २१ रन बनाए ।
कर्णालीका लागि जिशन मक्सुदले तीन विकेट लिए भने कप्तान सोमपाल कामी नन्दन यादवले दुई दुई र विपिन शर्माले एक विकेट लिए ।
यसअघि कर्णालीका लागि दुई ब्याटरले अर्धशतक बनाएका थिए ।
कर्णालीका लागि पहिलो खेल खेलिरहेका भारतीय खेलाडी जयकिसन कोसवालाले ५३ रन बनाए भने विलियम बोसिस्टोले ५२ रन बनाए ।
अन्तिममा चाडविक वाल्टनले विस्फोटक ४६ रन बनाउँदा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै जिसन मक्सुदले १४ रनको योगदान दिए । कर्णालीका दुई जना ब्याटर शून्यमा आउट भए भने सोमपाल कामी शून्यमा नटआउट रहे ।
कर्णालीले अब क्वालिफायर वान को पराजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ ।