काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा अहिले कर्णाली याक्स र चितवन राइनोजबीच खेल भइरहेको छ ।
टस जितेको चितवनले कर्णालीलाई पहिला ब्याटिङको निम्तो दिएपछि कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन बनाएको छ । कर्णालीका लागि दुई ब्याटरले अर्धशतक बनाएका छन् ।
कर्णालीका लागि पहिलो खेल खेलिरहेका भारतीय खेलाडी जयकिसन कोसवालाले ५३ रन बनाए भने विलियम बोसिस्टोले ५२ रन बनाए । अन्तिममा चाडविक वाल्टनले विस्फोटक ४६ रन बनाउँदा ४ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै जिसन मक्सुदले १४ रनको योगदान दिए । कर्णालीका दुई जना ब्याटर शून्यमा आउट भए भने सोमपाल कामी शून्यमा नटआउट रहे ।
चितवनका लागि सोहेल तनविरले २ विकेट लिए भने शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले एक एक विकेट लिए ।
केही समयपछि चिवतनले जवाफी ब्याटिङ गर्नेछ ।
यो खेलमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।
यस खेलको विजयी टोलीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग भोलि खेल्नेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
उक्त खेल दिउँसो १ः०० बजे हुनेछ ।