बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

पूर्वमेयर सिंहको पार्थिव शरीर ११ बजे अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

सोमबार, पुष १ २०८१

काठमाडौं । काठमाडौंका पूर्वमेयर पिएल सिंहको निधन भएको छ ।

सोमवार बिहान चाक्सीबारिस्थित निवासमा उनको निधन भएको हो ।

उनको ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा थिए ।

उनी पूर्वमन्त्री समेत हुन् । उनको पार्थिव शरीरलाई अहिले चाक्सीबारी निवासमा नै राखिएको छ । अहिले विभिन्न दलका नेता तथा सर्वसाधारणले उनको घरमै पुगेर उनको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन् ।

११ बजे अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिनेछ ।

सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।

उनको आजै अन्त्येष्टि गरिनेछ ।