शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुदूरपश्चिमले टस जितेर कर्णालीलाई दियो ब्याटिङको निम्तो

सोमबार, पुष १ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सोमबार सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णालीलाई सुरुमा ब्याटिङको निम्तो दिएका छन्।

यो खेल सकिएसँगै लिगको प्लेअफ पुग्ने, प्लेअफ क्वालिफायर र एलिमिनेटर टिमको टुंगो लाग्नेछ। सुदूरपश्चिम र कर्णालीको खेलसँगै प्लेअफ पुग्ने चार टोली र शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्नेसँगै एलिमिनेटर टिमको टुंगो लाग्नेछ।

जनकपुर, सुदूरपश्चिम र चितवनले प्लेअफ पुग्ने निश्चित भए पनि कर्णाली र काठमाडौंमध्ये कुन टिम प्लेअफमा पुग्ने भन्ने निश्चित भइसकेको छैन।