काठमाडौं । विराटनगर किंगसमाथि जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । विराटनगर किंग्सलाई काठमाडौं गुर्खाजले १ विकेटले पराजित भएको छ ।
विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गर्यो ।
काठमाडौंका प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । माइकल लेभिटले १०, जेरार्ड एरास्मर्सले १२, रसिद खानले १४, शंकर रानाले १६ र दीपेश कँडेलले ११ रनको योगदान दिए ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । अनिल खरेल, बसिद अहमद र क्रिस सोलले दुईदुई विकेट लिए ।