काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई ११८ रनको लक्ष्या प्रस्तुत गरेको छ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभर ५ बलमा ११७ रन बनाउँदै अलआउट हुन पुग्यो ।
विराटनगरलाई अलआउट गर्ने क्रममा काठमाडौंका गेरहार्ड इरास्मुसले तीन, दीपेश कँडेलले २ तथा शहाब आलम, करण केसी र डन डाउथवाइटले एक/एक विकेट लिए ।
ब्याटिङमा विराटनगरका राजेश पुलानीले सर्वाधिक २५ रन बनाए ।
दीपक बोहराले २०, निकोलस किर्तोनले १२, स्कट एडवार्ड्सले १५, लोकेश बमले ८, बसिर अहमदले १३, इस्मत आलमले ५ र क्रीस सोलले १ रनको योगदान दिए । कप्तान सन्दीप लामिछाने र अनिल खरेल ० रनमा आउट हुदा सुभाष भण्डारी ५ रनमा अविजित रहे ।
प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न काठमाडौंलाई जितको आवश्यक छ । विराटनगर भने प्लेअफको दौडबाट बाहिरिसकेको छ ।