बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एनपिएल : आज पनि दुई खेल हुँदै

आइतबार, मंसिर ३० २०८१

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् ।

त्रिवि मैदानमा पहिलो खेल बिहान सबा नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ भने दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।

दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ ।

विराटनगर किङ्ग्सले छमध्ये दुई खेलमात्र जितेको छ । पोखराको यो अन्तिम खेल हो । उसले पनि दुई खेलमात्र जितेको छ ।

सुदूरपश्चिमको भने यो छैटौँ खेल हो । यो टोली चार खेलमा विजयी भएको छ ।