शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एनपीएल : कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य

शुक्रबार, मंसिर २८ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आज भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ ।

टस हारेर सुरुआतमा ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन जोड्यो । कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । ३० बल खेलेका उनले समान ३ चौका र ३ छक्का प्रहार गरे । अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए ।

लुम्बिनीका लागि विकास आग्रीले ३ तिलक भण्डारीले २ विकेट लिए ।

लुम्बिनी एनपीएल प्लेअफबाट बाहिरिसकेको छ भने कर्णालीको प्लेअफको सम्भावना कायमै छ ।