काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।
पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ ।
पहिलो खेल ९:१५ र दोस्रो खेल १:१५ बजे हुनेछ ।
चितवन कुशल मल्लको कप्तानीमा छ भने विराटनगर सन्दीप लामिछानेको कप्तानीमा खेल्दैछ । दुवै टोली पछिल्लो खेल हारेका छन् ।
विराटनगरको प्लेअफ सम्भावनामा अब झिनो आशा मात्र बाँकी छ ।
चितवन राइनोज सम्भावित ११ : बासिल हामिद/लुक बेनकेन्सटाइन, विपिन रावल, कुशल मल्ल, जान निकोल लफ्टी इटन, रवि बोपारा, सन्तोष कार्की, अमरसिंह राउटेला, दीपक बोहरा, सोहेल तनविर, रिजन ढकाल, रन्जित कुमार
विराटनगर किंग्स सम्भावित ११ :मार्टिन गप्टिल, लोकेश बम, निकोलस किर्टोन, नरेन भट्ट, स्कट एडवार्ड्स, बसिर अहमद, दिपक बोहरा, क्रिस सोल, प्रतिश जिसी, सन्दिप लामिछे, अनिल खरेल