शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुपर ओभरमा पोखरासँग हारेसँगै एनपीएलबाट विराटनगर बाहिरियाे

बिहिबार, मंसिर २७ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधि होडबाट विराटनगर किंग्स बाहिरिएको छ । पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा पराजित गरेसँगै विराटनगर बाहिरिएकाे हाे ।

१९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्रै बनाउन सक्यो ।

पोखराका रिफर रेमन रिफरले कुनै बलमा पनि बाउन्ड्री खाएनन । उनले ६ बलमा जम्मा ५ रन मात्रै दिए ।

सुपर ओभरमा पहिले ब्याटिङ गरको पोखराले विराटनगरलाई जितका लागि १९ रनको लक्ष्य दिएको थियो । विराटनगरका लागि सन्दीप लामिछाने आफै बलिङमा आएका थिए । उनले सुरुका २ बलमा लगातार छक्का खाए । तेस्रो बल डट खेलेका सन्दीपले चौथो बलमा चौक खाए। पाँचौँ र छैटौँ बलमा १-१ रन दिए ।

विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

यसअघि विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।